Logo
११ मंसिर २०८१, मंगलबार
(December 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्वतन्त्र पत्रकारहरुको दोस्रो बैठक सप्पन्न

राजनीतिक संगठनमा नलागि कृयाशिल पत्रकारीता गर्दै आइरहेका सुनसरीका स्वतन्त्र पत्रकारहरूको संगठन स्वतन्त्र पत्रकार संघ सुनसरी शाखाले मंगलबार दोश्रो बैठक धरानमा सम्पन्न गरेको छ । संघका अध्यक्ष खगेन्द्र कार्किको सभाध्यक्षमा सम्पन्न भएको दोश्रो बैठकमा स्वतन्त्र पत्रकारहरूको आवाजलाइ बुलन्द बनाउन संघले महत्वपुर्ण भुमिका निर्वाह गर्ने जस्ता विषयमा छलफल भएको थीयो ।

भेलाले सदस्यता संख्या बढाउने , जिल्लाका हरेक क्षेत्रमा रहेका स्वतन्त्र पत्रकारीता गर्दै आएका पत्रकारहरूको अवस्था बुझ्ने र सुनसरीको १२ वटै स्थानीय तहहरूमा पुगेर आफ्नो संस्थाको बिषयमा जानकारी गराइ शुचिकृत गराउने निर्णय गरेको छ ।

सुनसरीको धरानस्थित युनिभर्सल पिस फेडेरेसनको सभाहलमा सम्पन्न भएको स्वतन्त्र पत्रकारहरूको दोश्रो भेलाले तत्काल इटहरीमा शाखा कार्यालय स्थापना गरी बैंक खाता समेत सञ्चालन गरिने निर्णय गरेको छ । साथै नियमित बैठक बसी राजनीतिक संगठनमा नलागेका पत्रकारहरूलाइ समेटेर अघि बढने निर्णय पनि गरेको छ । बैठकमा केन्द्रिय सदस्य मोहन ढकाल , युनिभर्सल पिस फेडेरेसन सुनसरीका प्रमुख राम लिम्बु , उपाध्यक्ष अकवर अली , सदस्यहरू मौसमि कार्कि , देविका चाम्लिङ राइ , देवराज पुरी सञ्ज्य चौधरी लगायतले संस्थालाइ अब कृयाशिल रूपमा अघि बढाउन सुझाव दिएका थिए ।

साे बैठक सम्पन्न गर्नकालागि युनिभर्सल पिस फेडेेरेसनका सुनसरी प्रमुख राम लिम्बुले निशुल्क रूपमा सभाहल प्रदान गरेका थिए ।

प्रकाशित मिति: Dec 10, 2019

प्रतिक्रिया दिनुहोस्