Logo
९ मंसिर २०८१, आईतबार
(December 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

SAG रिपोर्टिङकाे क्रममा प्रहरीले पत्रकार कुटेको विषयमा राखेपको आपत्ति

मंगलबार साग खेलकुदको रिपोर्टिङका क्रममा प्रहरीले पत्रकार कुटेको घटनाप्रति राष्ट्रिय खेलकुद परिषद्ले आपत्ति जनाएको छ।

नेपाल र भुटानबीच हुने साग फुटबल फाइनल हेर्न जम्मा भएका दर्शमाथि प्रहरीले लाठी चार्ज गरेपछि नागरिक दैनिकका खेलपत्रकार सुमन चापागाईंले प्रहरी ज्याददीको भिडियो खिचेका थिए। सोहि क्रममा प्रहरीले दर्शक कुटेको भिडियो खिचेपछि पत्रकार कुटिएका थिए।

प्रहरीको कुटाइबाट पत्रकार चापागाईँको मुख र कानमा चोट लागेको छ। यतिबेला उनको राखेप मेडिकलमा उपचार भइरहेको छ। राखेपका उपाध्यक्ष पितान्मबर तिम्सिनाले पत्रकार कुटिनु असामान्य घटना भएको बताउँदै यसबारे सत्यतथ्य अनुसन्धान हुने बताएका छन्।

उनले सुरक्षा प्रमुख र राखेपका सदस्य सचिबबीच यसबारे थप छलफल हुने बताए।

प्रकाशित मिति: Dec 10, 2019

प्रतिक्रिया दिनुहोस्