Logo
१० मंसिर २०८१, सोमबार
(December 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

SAG समापनमा प्रधानमन्त्रीले भिडियो कन्फ्रेन्समार्फत सम्बोधन गर्ने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को समापन समारोहलाई मंगलबार भिडियो कन्फ्रेन्समार्फत सम्बोधन गर्ने भएका छन्।

स्वास्थ्यलाभ गरिरहेका प्रधानमन्त्री समापन समारोहस्थल दशरथ रंगशाला जान नसक्ने भएपछि प्रधानमन्त्री निवासबाटै भिडियो कन्फ्रेन्समार्फत सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालले प्रधानमन्त्रीले पदक विजेता नेपाली खेलाडीलाई प्रोत्साहनसहित विशेष सम्बोधन गर्न लागेको बताए।

समापन समारोहमा सांस्कृतिक कार्यक्रम, विद्यालयका विद्यार्थीको प्रदर्शन तथा ब्यान्ड र सराय नाचको विशेष प्रस्तुति रहनेछ।

समापन समारोहमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल,ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राखेपका सदस्यसचिव रमेश सिलवाल र पाकिस्तानका प्रतिनिधिले सम्बोधन गर्नेछन्।

प्रकाशित मिति: Dec 10, 2019

प्रतिक्रिया दिनुहोस्