सम्पत्ति शुद्धीकरणको निर्देशन जारी गरेको दुई वर्षसम्म पनि सहकारीको अटेरी उस्तै
सहकारी संघसंस्थाहरुका लागि सहकारी विभागले जारी गरेको सम्पत्ति सुद्धीकरण निवारणसम्बन्धी निर्देशन पालना गर्न सहकारी संघसंस्थाले अटेरी गरेका छन् ।निर्देशन जारी गरेको दुई वर्ष पुग्न लागेपनि अधिकांश सहकारीले निर्देशन कार्यान्वयन गरेका छैनन् ।
विभागले २०७४ माघमा नै सम्पत्ति शुद्धीकरणसम्बन्धी निर्देशन जारी गरेको थियो । तर, अधिकांश संस्थाहरुले निर्देशन पालनामा अटेरी गरेका छन् । यो समाचार आजको कारोबार दैनिकमा छ ।
जसअनुसार सहकारी संस्थाहरुले १० लाख रुपैयाँभन्दा बढीको कारोबारमा खुलासा लिनुपर्ने, कारोबारको सूचना वित्तीय जानकारी इकाईलाई दिनुपर्ने र संस्थाका सदस्य पहिचान फारम भराइ अध्यावधिक राख्नुपर्ने र यसको पालनासम्बन्धी प्रतिवेदन विभागमा बुझाउनुपर्ने निर्देशन थियो ।