Logo
२ मंसिर २०८१, आईतबार
(December 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जापानी भाषा परीक्षामा नेपालको नतिजा सहभागी पाँच राष्ट्रमध्ये सबैभन्दा कमजोर

नेपाली युवालाई रोजगारीको अवसर दिन जापान फाउन्डेसनले लिएको भाषा परीक्षामा नेपालको नतिजा सहभागी पाँच राष्ट्रमध्ये सबैभन्दा कमजोर देखिएको छ ।

गत कात्तिकमा लिइएको आधारभूत जापानी भाषा परीक्षामा एकै समूहमा परीक्षा दिएका मंगोलिया, इन्डोनेसिया, कम्बोडिया र फिलिपिन्सपछि सबभन्दा कमजोर नतिजा नेपालको देखिएको हो ।

जापान फाउन्डेसनले प्रकाशित गरेको नतिजा तालिकामा नेपालबाट ४९७ जनाले परीक्षा दिएकोमा ५६ जनामात्र उत्तीर्ण भएका थिए । सो अतिजाअनुसार सबैभन्दा बढी मंगोलियाबाट ६१ प्रतिशत र नेपालबाट ११ प्रतिशतमात्र उत्तीर्ण भएका थिए ।

तर, स्ट्यान्डर्ड डेभिएसनमा भने नेपाल तेस्रो भएको परीक्षाको व्यवस्थापन गर्दै आएको जापान फाउन्डेसनले जानएको छ । यो समाचार आजको कारोबार दैनिकमा छ ।

प्रकाशित मिति: Dec 10, 2019

प्रतिक्रिया दिनुहोस्