एक नम्बर प्रदेशकै ठुलो वाटरपार्क दुहबीमा निर्माण हुने
प्रदेश १ स्थित सुनसरीको दुहबी नगरपालिकाले ९३ करोड भन्दा बढिको लागतमा निर्माण हुने वाटरपार्क का लागि लगानी जुटाउन छ्लफल अघि बढाएको छ । दुहबी नगर प्रमुख वेदनारायण गच्छदारले प्रदेश १ को राजधानि बिराटगरबाट सबैभन्दा नजिक हुने गरि निर्माणको परिकल्पना गरिएको वाटरपार्कका लागि लगानि जुटाउन प्रदेश सरकार र उधोगि व्यवसायिहरुसग आग्रह गरेका छन । बिहीबार बिराटनगरमा आयोजित पर्यटन क्षेत्र विकास सन्दर्भमा अन्तरक्रियामा नगरपालिकाले वाटरपार्कसहित चारवटा प्रमुख आयोजनाको विस्तृत प्रस्तुतिकरण गरेको थियो मेयर गच्छदारले विकासका लागि आफुले देखेको सपनालाई उतारेर लगानिकर्ताको खोजीमा निस्केको बताए ।
मेयर गच्छदारले भने मैले सपना देखेको मात्रै हो हामी सबै मिलेर काम गर्ने हो, उपस्थिति रहेका निजि क्षेत्रका प्रतिनिधिहरुलाई उत्साहित गर्दै वहाँले भन्नू भो मेरो तर्फबाट कुनै अफठयारो हुनदिन्न हामीले कमाउने आसमा यो परियोजना ल्याएको पनि होइन, ठूला परियोजनाहरु अगाडि बढाउन सकिए त्यस क्षेत्रमा हुने आर्थिक क्रियाक्लापले ग्रामीण क्षेत्रका जन्तालाई रोजगारी सिर्जना भई उनिहरुको जिवनस्तर सुधार हुने अपेक्षा लिएको समेत बताउनु भयो । एक नम्बर प्रदेशका मुख्य मन्त्री शेरधन राईले उद्घाटन गर्नु भएको सो कार्यक्रममा अनुमानित ९३ करोड ३१ लाख ५३ हजार रुपैया लागत लाग्न सक्ने वाटरपार्क र आधुनिक हाटबजार नगरप्रमुख आवास परियोजना र अत्याधुनिक रङ्गशालाको निर्माणबारे नगरपालिका इन्जिनियर हेमनारायमाझीले छुट्टाछुट्टै प्रस्तुति गरेका थिए ।
माझिले भने झन्डै ९ विघा क्षेत्रफलमा निर्माण गर्ने तयारी गरिएको वाटरपार्कमा ७ सय र ३ सय जना अट्ने क्षमता को दुई वटा सभाहल होमशटे , पार्क , चिल्ड्रेन पार्क ,स्विमिङ पुल , वाटर फल लगायतका सरचना रहने जानकारि दिएका थिए । परियोजनाको आर्थिक सम्भाव्यताबारे आर्थिक परामर्सकर्ता हेमन्त बस्यालले नगरपालिकाले अघि बढाएको परियोजनामा निजि क्षेत्रको सल्गनता र प्रतिफलबारे अलग – अलग प्रस्तावहरु सुनाए कार्यक्रममा २० करोड ९६ लाखको लागतमा निर्माण गर्न लागीएको ठेक्का प्रक्रिया अघि समेत बढाएको , हाट बजार निर्माणका लागि दुहबी – ४ मा तिन विघा ७ कठा जग्गा व्यवस्थापन गरि १२ करोड २७ लाख रुपैयाको परियोजना तयार पारिएको जानकारि दिएको थियो ।त्यसैगरि नगर प्रमुख आवास योजना अन्तरगत वडा नम्बर ११ तनमुनामा निर्माण गरिने १ सय १६ वटा घरहरुमध्ये ५० वटाको निर्माणका लागि तिन करोड ४५ लाख रुपैयामा बहुवर्षय ठेक्काको प्रकृया अघि बढाएको जानकारी दिए ।
कार्यक्रममा बोल्नुहुँदै मुख्य मन्त्री शेरधन राइले दुहबी नगरपालिकाले प्रदेशमै पहिलो माथिल्लो सरकारसङ्ग मिलेर ठृलो परियोजनालाई अघि बढाउने प्रस्ताव ल्याएको भन्दै मेयर गच्छदारलाई धन्यवाद समेत दिए । उनले भने प्रदेश सरकार समेत ठुलो परियोजनाहरुको लिस्ट तयार पार्दै गरेको जानकारि दिदै नगरपालिकाले ल्याएको प्रस्तावलाई सरकाले साथ दिने प्रतिवद्धता सहित भने हामी साथ दिन्छौ प्रदेश सरकार तपाईंको साथमा छ । उधोग सङ्गठन मोरङका अध्यक्ष भिम घिमिरे उक्त परियोजनामा निजि क्षेत्रले चासो देखाइसकेको बताए धेरै लगानिकर्ताले परियोजना अघि बढाउन थप छलफल लागि बस्न चाहेको बताउनु भयो । तेसैगरि मोरङ व्यापार सङ्घका अध्यक्ष प्रकाश मुन्दराले नगरपालिकाले ल्याएको प्रस्ताव निकै सकारात्मक रहेको बताए । उनले लगानीको लागि निजि क्षेत्र र सर्वसाधारणले समेत सेयर किन सक्ने सम्भावना रहेको सुनाए।उक्त वाटरपार्क निर्माण गरि सन्चालन गर्न उधोगि भोलेस्वर दुलालले आफु लगानिका लागि उत्साहित भएको बताएका
थिए । कार्यक्रममा प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र बहादुर आङवो सामाजिक विकास मन्त्री जिवन घिमिरे सहित दुहबी नगर उपप्रमुख,दुहबीका वडाध्य्क्षहरु,प्रमुख प्रशासकिय अधिकृत लगायत सुनसरी-मोरङका उद्योगि व्यवसायिहरुको समेत उपस्थिति रहेको थियो ।