महिला फुटबलमा श्रीलंका विरुद्ध भारतको फराकिलो जित
पोखरा : दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गतको महिला फुटबलमा श्रीलंका विरुद्ध भारतले फराकिलो अन्तरले जित हाँसिल गरेको छ ।
पोखरामा बिहीबार सम्पन्न खेलमा भारतले श्रीलंकाविरुद्ध ६-० को सहज जित हाँसिल गरेको हो ।
महिला फुटबलको अंकतालिकामा भारतले ६ अंक बटुलेको छ । सम्पन्न स्पर्धामा भारतका लागि डेनगमीले पहिलो ४ औं मिनेटमा गोल गरिन् ।
सन्ध्या र रत्नवालाले समान २ गोलको योगदान दिए । थप १ गोल वालादेवीले गरिन् ।
खेलमा श्रीलंकाले केही राम्रा अवसर चुकायो । बिहीबार दिउँसो २ बजे फाइनल प्रवेशका लागि नेपाल र माल्दिभ्स बिच खेल हुँदै छ ।
माल्दिभ्सलाई हराएमा नेपाल र भातरबीच फाइनमा भेट हुनेछ ।