Logo
२ मंसिर २०८१, आईतबार
(December 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

SAG अन्तर्गत जनकपुरमा हुने खेलको सम्पूर्ण तयारी पूरा

१३ औँ दक्षिण एसियाली खेलकुद SAG अन्तर्गत जनकपुरधाममा हुने खेलको सम्पूर्ण तयारी पूरा भएको छ । जनकपुरमा साग खेल हुने भएपछि जिर्ण रहेको कभर्डहललाई रंगरोगन गरी चिटिक्क बनाइएको छ ।

जनकपुरमा पहिलो पटक हुन लागेको साग अन्तर्गत कुस्ती प्रतियोगिताको सबै खेल मंसिर २० गते देखि २३ गते सम्म आयोजना हुँदैछ ।जिल्ला खेलकुद विकास समिति धनुषाका अध्यक्ष कमल चौधरीले खेलको लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए ।

प्रतियोगितालाई लक्षित गरेर खेल, पूर्वाधार, खेलाडीको सुरक्षा, पाहुनाको स्वागत आतिथ्यता, प्रचार–प्रसार, आवास व्यवस्थापन लगायतका सम्पूर्ण कार्य पूरा भएको अध्यक्ष चौधरीले बताए ।

सागको कुस्तिमा पुरुष र महिला गरी ५ देशका ७५ खेलाडीसहित अन्तराष्ट्रिय प्रशिक्षक, रेफ्रि, व्यवस्थापक गरी जम्मा १ सय २५ जना सहभागी हुने अध्यक्ष चौधरीले बताए ।

साग अन्तर्गतको कुस्ती खेलमा सहभागी हुनका लागि नेपाल र बंगलादेशबाट खेलाडीहरु जनकपुर आइसकेको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख विनोद कुमार सिंहले जानकारी दिए ।

कुस्ती खेल प्रतियोगीतामा सहभागी हुनका लागि नेपालबाट १० पुरुष, ५ महिला खेलाडी, बंगलादेशबाट १० पुरुष र १० महिला खेलाडी जनकपुरमा आईपुगेका छन् ।

त्यस्तै भारतबाट महिला र पुरुष गरी करिब २० जना, श्रीलंकाबाट महिला ८ र पुरुष १० जना, पाकिस्तानबाट १० जना पुरुष खेलाडी आउने भएका छन् । सबै खेलाडीहरु आज बेलुकासम्म जनकपुर आईसक्ने आयोजकले जनाएको छ ।

प्रकाशित मिति: Dec 4, 2019

प्रतिक्रिया दिनुहोस्