नेपालमै पहिलो प्रहरी कार्यालयमा प्राथमिक उपचार कक्ष संचालन
वीरगन्ज : जिल्ला प्रहरी कार्यालय पर्सामा सोमबारदेखि प्राथमिक स्वास्थ्य उपचार कक्ष संचालन गरिएको छ । नेपालमा प्रहरी कार्यालयमा पहिलो स्वास्थ्य कक्षको रुपमा शुरु भएको स्थास्थ्य केन्द्रको विरगंज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले उद्घाटन गरेका हुन् ।
वीरगन्ज महानगरपालिका, जिल्ला प्रहरी कार्यालय र समुदाय प्रहरी साझेदारी अन्तर्गत प्रभु हस्पीटल तथा माट्रिका आई फाउन्डेसनको सहयोगमा शुरु भएको उक्त प्राथमिक उपचार कक्षको उद्घाटन गर्दै नगर प्रमुख सरावगीले जनता र प्रहरी सबैले सेवादायी उपचार पाउने आशा व्यक्त गरे ।
उँनले जिल्ला प्रहरी कार्यालयमा शुरु भएको उपचार कक्षले जनता र प्रहरीबीचको सम्बन्ध अझ मैत्री रुपमा दरिलो हुने बताए । प्राथमिक उपचार हरेक जनताको अधिकार भएको बताउँदै उनले प्रहरी र जिल्ला प्रहरी कार्यालयमा आउने सबै जनताले उचित उपचार पाउनको लागि महानगरपालिकाबाट दिनुपर्ने सहयोगको लागि आफू सँधै तयार रहेको समेत सरावगीले जानकारी दिए ।