२८ औं अन्तर्राष्ट्रिय अपाङ्ता दिवसःविभिन्न कार्यक्रम गरी मनाइँदै
आज २८ औं अन्तर्राष्ट्रिय अपाङ्ता दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
अपाङ्गता दिवसको अवसरमा काठमाडौमा प्रभातफेरी निकालिएको छ ।
दिगो विकासको लक्ष्य, अपाङ्गतामैत्री भविश्य भन्ने नाराकासाथ निकालिएको प्रभातफेरी सुनधारा, न्युरोड, रत्नर्पाक हुँदै भृकुटीमण्डप पुगेको थियो ।
उनीहरुले स्थानीय तहमा स्थानीय अपाङ्गता समन्वय समिति गठन गरिनु पर्ने, अपाङ्गताका सवालहरुलाई राज्यका हरेका निकायमा समावेश गरिनु पर्ने लगायतका माग गरेका छन् । प्रभातफेरीमा राष्टिय बहिरा महासंघ नेपाल, श्रवणदृष्टि विहिन अभिभावक समाजलगायतका संघ, संस्थाको सहभागिता थियो ।