Logo
२ मंसिर २०८१, आईतबार
(December 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अयोध्याका ‘बरियाती’ लाई आज विदाइ गरिने, जथाभावी दिसापिसाबले गन्हायो जनकपुर

जानकी मन्दिरमा स्वयम्बरसहित रामसीता विवाह सम्पन्न भएको छ । त्रेता युगमा मिथिलाका राजा जनककी छोरी सीता र अयोध्याका राजा दशरथका छोरा रामबीच विवाह भएको स्मरणमा यस वर्ष पनि वैवाहिक समारोह मनाइएको हो ।

योसँगै अयोध्याका ‘बरियाती’लाई आज विदाइ गरिनेछ । अयोध्याबाट सीता र रामको डोला ल्याई आएका जन्तीको उपस्थिति र श्रद्धालुको सहभागितामा स्थानीय रंगभूमि मैदानमा स्वयम्बर समारोह गरिएको थियो ।

ढोल पिपही, सहनाई, बैन्डबाजासहित रंगभूमि मैदान पुगेको रामसीताको डोलाबीच मालाफेर हुँदा नेपाली सेनाको हेलिकप्टरले आकाशबाट पुष्पवृष्टि गरेको थियो ।

स्वयम्बर समारोह सम्पन्न गरी राम र सीताको डोला जानकी मन्दिरमा फर्काइएको थियो। साँझ जानकी मन्दिर प्रांगणमा बनाइएको भव्य मण्डपमा मिथिला परम्पराअनुसार सीतारामको विवाह भएको हो ।

मन्दिरका महन्थ रामतपेश्वरदास वैष्णव सीताका अभिभावक र राम मन्दिरका महन्थ रामगिरी रामका अभिभावक बनी सहभागी भए । त्रेता युगमा सीता र रामको यहीं विवाह भएको मानिन्छ ।

छोरीको विवाहका लागि जनकले शिवको धनुषमा ताँदो चढाउने प्रतिस्पर्धासहितको स्वयम्बर आयोजना गरेका थिए । अयोध्याका राजकुमार रामले धनुष उचाली ताँदो चढाउन लाग्दा भाँचिएर तीन टुक्रा भएको उल्लेख पाइन्छ ।

रामले विवाहको सर्त जितेको हुनाले उनलाई सीताले वरमाला लगाइदिएकी थिइन् । यस्तै एक सातासम्म चलेको विवाहपञ्चमीको अन्तिम दिन आज राम कलेवा हुँदैछ । जानकी मन्दिरमा राम कलेवाको तयारी हुँदै छ ।

रामकलेवामा जानकी मन्दिरमा विशेष भण्डारा (भोज) को आयोजना गरी विवाहमा जन्तीको रूपमा आएका पाहुनाहरुलाई मिस्ठान भोजन गराइन्छ । भोजन पश्चात् आज साधु सन्त लाई दक्षिणा प्रदान गरी बिदा गर्ने परम्परा छ ।

आजै दिउसो जानकी मन्दिरमा वर पक्षलाई बेहुली पक्षले भोजन गराउने चलन समेत रहेको छ । विवाहपञ्चमी महोत्सव आज रामकलेवा भएसँगै सकिनेछ ।

जथाभावी दिसापिसाबले गन्हायो जनकपुर

शौचालयको सुविधा नहुँदा विवाहपञ्चमी हेर्न आएका लाखौं श्रद्धालु भक्तजनहरुको विजोग भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका तथा समबन्धित निकालयले शौचालयको व्यवस्था नगर्दा उनीहरु सडकबाटोकासाथै बाह्रविघामा जथाभावी शौच गर्न बाध्य भएका छन् ।

जथाभावी जहातहीँ शौच गर्दा वाह्रविघा मैदान तथा जानकी मन्दिरजाने बाटो दुर्गन्धि बनेको छ । दुर्गन्धले नाक थुनेर हिड्नुपरेको अवस्था रहेको छ ।

विवाहपञ्चमी महोत्सवमा सहभागी हुन आएका लाखौँ दर्शनार्थी तथा श्रद्धालुकालागि सार्वजनिक सौचालय नहुँदा बाह्रविघा भित्र बनाइएको पण्डाल भित्र समेत उनीहरु शौच गर्न बाध्य भएका हुन् ।

नगरभित्र समबन्धि निकायले शौचालय व्यवस्था नगर्दा नाकै थुनेर हिड्नुपर्ने अवस्था आएपछि समाजिक सञ्जालमा समेत विभिन्न किसिमले व्यंग गरिदैँ छ ।

पत्रकार शैलेन्द्र क्रान्ति समाजिक संजाल फेसबुकमा लेख्छन् ‘खुब खेली यौ पाहुन, खुब घिनेली यौ पाहुन । जनकपुरमे सगरे ‘छेँर’ गन्हाक गेली यौ पाहुन ।’

प्रकाशित मिति: Dec 2, 2019

प्रतिक्रिया दिनुहोस्