कडा सुरक्षाका बीच सिद्धबाबालाई जिल्ला अदालत लगियो
आफूलाई सिद्धबाबा दाबी गर्दै आएका कृष्णदास गिरीलाई कडा सुरक्षाबीच सुनसरी जिल्ला अदालतमा उपस्थित गराइएको छ।
गेरु वस्त्र र धार्मिक झण्डासहित ह्वीलचेयरमा गिरीलाई बिहान सभा ११ मा अदालतमा उपस्थित गराइएको हो।
उनलाई सोमबार बिहान डीएसपी विनोद शर्माको नेतृत्वमा विराट नर्सिङ होमबाट एम्बुलेन्समा हालेर ल्याइएको थियो।
उनलाई सुनसरी जिल्ला अदालतका जिल्ला न्यायाधीश धर्मराज पौडेलको इजलासमा ४ दिनको म्याद थपिएको छ।