Logo
२ मंसिर २०८१, आईतबार
(December 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नबिल बैंकले आफ्ना ग्राहकहरुका लागि ल्यायाे  ‘नबिल ग्राहक सेवा केन्द्र’ सञ्चालनमा

नबिल बैंकले ‘नबिल ग्राहक सेवा केन्द्र’ सञ्चालनमा ल्याएको छ । उक्त सेवा केन्द्रले आफ्ना ग्राहकहरुलाई चौबिसै घण्टा, वर्षैभरी हरेक दिन सेवा प्रदान गर्नेछ । नबिल ग्राहक सेवा केन्द्रले ग्राहकहरुकालागि एकल विन्दुको रुपमा काम गर्नेछ ।

बैंकको ग्राहक सेवा केन्द्रमा अत्याधुनिक प्रविधि राखेर ग्राहकहरुलाई उच्च गुणस्तरीय सेवा प्रदान गर्ने नबिल बैंकले जनाएको छ । यसले देश तथा बिदेश मा रहेका ग्राहकलाई सूचना आदान-प्रदान गर्ने कार्य गर्नेछ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भने, “बैंकको यस ग्राहक सेवा केन्द्र ले हाम्रा ग्राहकलाई अझै उत्कृष्ट सेवा प्रदान गर्न मद्दत गर्नेछ । ग्राहक सेवा केन्द्रले नबिल बैंकले मुख्य रुपमा जोड दिदै आएको ग्राहक सेवा केन्द्रलाई थप सुधार गर्ने र अझ परिस्कृत बनाउनका लागि बल प्रदान गर्नेछौँ”

नबिल बैंक निजि क्षेत्रको अग्रणी बैंक हो । यसका देश भरी ९२ शाखाहरु, १४२ एटिएम काउण्टरहरु रहेका छन् । नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नबिनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै यसले नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दैआएको छ ।

 

प्रकाशित मिति: Dec 2, 2019

प्रतिक्रिया दिनुहोस्