भट्टराई कुल विकास प्रतिष्ठानको साधारण सभामा जेष्ठ नागरिकलाई सम्मान
शिव भट्टराई,एउटै परिवार भित्र पनि टाढा हुने अबस्थाबाट जोगाउन तथा परम पुर्खाले गर्दै आएको सामाजिक , सास्कृतिक, घार्मिक कार्य, कुलपुजा, गोठ्पुजा लगायत विभिन्न रितिरिवाज , भाषा संस्कृतिको संरक्षण गरि समाज लाई सकारात्मक बिकासमा योगदान पुर्याउने उद्देश्यका साथ मोरङको सुन्दर हरैचा वार्ड नं ७ स्थित गोठगाउँ मा स्थापना भएको भट्टराई कुल विकास प्रतिस्ठान ले आफ्नो चौधौं बार्सिक साधारण सभा साथै गोठधुप पूजा सम्पन्न गरेको छ। मंसिर १५ गते प्रतिस्ठान को आफ्नै प्राङ्गणमा मा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी भट्टराई कुल विकास प्रतिष्ठानका जेष्ठ सदस्य पुरषोतम भट्टराईले प्रस्तिठानका सबै सदस्यहरु एक जुट भएर अघि बढ्दा सामाजिक बिकास हुने बताउदै सबै मिलि अघि बढ्न सुझाब दिँदै अब को पालो युवा नेतृत्वको भएकाले सबै युबा हरु लाई प्रतिस्ठान को रक्षा गर्न आग्रह समेत गर्नु भयो।कार्यक्रममा प्रतिस्ठानका अध्यक्ष पदम राज भट्टराईको अध्यक्षता रहेको थियो साथै बिशिस्ट अतिथी मा इनरुवा का मेयर राजेन्द्र मेहेता अतिथिहरुमा कृष्ण बा भट्टराई , गोरख भट्टराई लगायत बुद्धिजीवी एबम सम्पुर्ण भट्टराई बन्धुहरुको उपस्थिति रहेको थियो।
सस्था ले जेष्ठ सद्स्य जिबनाथ भट्टराई , बुद्धि प्र भट्टराई,सावित्रा देवी भट्टराई लागायत ८० बर्ष भन्दा माथी का करिब ३० जाना आफ्ना वंशजका जेस्ठ सदस्यलाई दोसल्ला ओडाइ सम्मान समेत गरेको थियो।
प्रस्तिठान को आफ्नै कुल पुजा गर्ने मन्डब र एक तले भबन रहेको र करिब दुई हजार जना अट्ने क्षमता भएको पाटी प्यालेस निर्माण सम्पन्न हुन लागेको र यस क्षेत्र लाई धार्मिक पर्यटकिय क्षेत्र मा बिकास गर्ने योजना रहेको त्यसैगरी ३/३ बर्ष मा गर्दै आएको कुल पुजा ( देवाली ) यही मंसिर २५ गते बुधबार गर्ने निर्णय भएको प्रतिस्ठान का सदस्य सिताराम भट्टराई ले बताउनु भयो भने कार्यक्रमको सञ्चालन सोही संस्थाका सचिव प्रविन भट्टराईले गर्नु भएको थियो।