Logo
२ मंसिर २०८१, आईतबार
(December 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रानी पोखरीमा पाँच फिट चार इन्चको उचाइ सम्ममा पानी भरिने

रानीपोखरीमा पाँच फिट चार इन्चको उचाइ सम्ममा पानी भरिने पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

पाँच फिट चार इन्चको उचाइ सम्ममा २ करोड ९७ लाख लिटर पानी हालिने भएको छ। पानी हाल्नका लागि दुईवटा बोरिङ निर्माण गरी रानीपोखरीमा पानी भरिने भएको हो।

पहिलोपटक पानी हालेपछि पुनः पानी हाल्न नपर्ने गरी पानी भरिने पुनर्निर्माण प्राधिकरणका सम्पदा प्रमुख राजुमान मानन्धरले बताए। रानीपोखरीमा पानी अटने क्षमता धेरै भए पनि पहिलो चरणमा करिब तीन करोड लिटर पानी हालिने उनले जानकारी दिए ।

’पुस अन्तिम सम्ममा निर्माण हुन्छ,’ उनले भने,’ माघको पहिलो सातादेखि पानी हाल्ने काम हुन्छ। यसको लागि पोखरीको निर्माण अन्तिम चरणमा पुगेको छ।’ रानीपोखरीमा माटो हाल्ने र प्रताप मल्लको पालाको पर्खाल बनाउने काम भइरहेको छ।

त्यसका लागि १५ करोड बजेट छुट्याइएको छ। पानी अड्याउनलाई पोखरीमा पर्खाल लगाउने काम करिब ६० प्रतिशतभन्दा बढी सकिएको मानन्धरले जानकारी दिए।

’कालो माटो ल्याएर खुट्टाले मुछेर बिछ्याउँदा काममा ढिलो भएको भन्दै अहिले शैली नै परिवर्तन गरेर काम भइरहेको छ,’उनले भने। कामको रफ्तार बढाउन माटो मुछ्न डोजरको प्रयोग गर्न थालिएको उनले बताए।

खुट्टाले माटो मुछ्दा वर्षौं लाग्ने हुनाले मेसिनको प्रयोग गरेको उनको भनाइ थियो।

प्रकाशित मिति: Dec 1, 2019

प्रतिक्रिया दिनुहोस्