Logo
२ मंसिर २०८१, आईतबार
(December 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश १ : सुनसरीको हरिपुरमा ट्रक र एम्बुलेन्स ठोक्किदा ७ जनाको ज्यान गयो

प्रदेश १ स्थित सुनसरीको कोशी गाउँपालिका अन्तरगतको हरिपुर स्थित पूर्वपश्चिम लोकमार्गमा विरामी बोकेको एम्बुलेन्स र ट्रक एकआपसमा ठोक्किँदा ७ जनाको ज्यान गएको छ । दुर्घटनामा ज्यान गुमाउनेहरुमा एम्बुलेन्समा सवार १ महिला र ६ पुरुष रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार विराटनगरस्थित गोल्डेन अस्पतालबाट उदयपुर जाँदै गरेको को १ च ९३६४ नम्बरको एम्बुलेन्स र वीरगंजबाट विराटनगर आउँदै गरेको ना २ ख ९०८२ नम्बरको ट्रक गएराति एकआपसमा ठोक्किदा एम्बुलेन्समा सवार सातै जनाको ज्यान गएको हो ।

प्रहरीले दुबै सवारीसाधन तीब्रगतिमा भएको कारण दुर्घटना भएको अनुमान गरेको छ । दुबै साचारीसाधन ७०-८० किमी प्रतिघण्टाको गतिमा बिपरित दिशाबाट आईरहेको अनुमान छ । ट्रकसँग ठक्कर खाएपछि उछिट्टिएको एम्बुलेन्स सडकमा उल्टो बजारिएको थियो ।

मृतकहरूलाई एम्बुलेन्सबाट निकाल्नै प्रहरीसहितका उद्दारकर्मीहरुलाई ४ घण्टा समय लागेको थियो । एम्बुलेन्स उपचार गर्न विराटनगरको गोल्डेन अस्पताल ल्याईएकी महिलाको उपचारका क्रममा निधन भएपछि उनलाई लिएर उदयपुर फर्कदैं थियो ।

मृत्यु हुने उदयपुर त्रीयुगा नगरपालिका १० बस्ने राजेश दनुवार, दुर्गाधन राई, टेकेन्द्र राई, तुलाबहादुर राइ, मुकेश राई, दिनेश राई, सिबमाया राई रहेका छन् ।

 

प्रकाशित मिति: Dec 1, 2019

प्रतिक्रिया दिनुहोस्