स्थानीयतहको उपप्रमुखलाई कानुनी अधिकार दिएकोमा उपेन्द्र यादवको आपत्ति
कानुन, न्याय, तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादवले स्थानीय तहका उपप्रमुखहरुलाई न्यायिक अधिकार दिइएकोप्रति आपत्ति जनाएका छन् ।
मन्त्री यादवले शुक्रबार पत्रकारहरुसँग कुरा गर्दै राजनीतिक व्यक्तिलाई दिईको कानुनी अधिकार प्रति प्रश्न उठाउका छन् । गाउँपालिकाको उपप्रमुखलाई किन कानुनी अधिकार दिइयो ?
उनले प्रश्न गरे, राजनीतिक व्यक्तिले कानुनी अधिकार प्रयोग गर्यो भने कसरी हुन्छ निष्पक्ष न्यायिक निरुपण ?’
उनले राजनीतिक व्यक्तिलाई कानुनी र न्यायिक अधिकार प्रयोग गर्नु गलत रहेको बताउँदै कार्यपालिका र न्यायपालिका एकै ठाउँमा कसरी सम्भव भयो भन्ने प्रश्न गरेका छन् ।
उनले सोधे, ‘कार्यकारी पदले न्यायपालिकाको काम गर्नु उचित हुँदैन। त्यस्तो काम गर्नलाई त प्रारम्भिक जिल्ला अदालत छँदैछ नि ’