नेकपाको चुनावीसभा नजिकै शक्तिशाली विष्फोट, नेम्वाङले सम्बोधन गरिरहँदा भागाभाग
गण्डकी प्रदेशको राजधानी पोखरा स्थित सत्तारुढ नेकपाले आयोजना गरेको चुनावीसभा नजिकै शक्तिशाली बम विष्फोट भएको छ । कास्कीको नयाँबजार प्रदर्शनी केन्द्र नजिकै केहीबेरअघि बम विष्फोट भएको हो ।
चुनावीसभालाई सम्बोधन गर्न नेकपाका अध्यक्ष पुष्पकमल दाहालसहित नेताहरु बामदेव गौतम, सुवासचन्द्र नेम्वाङ लगायत पोखरामा छन् ।
नेता नेम्वाङले सम्बोधन गर्ने क्रममा विष्फोट भएपछि चुनावीसभामा भागाभाग मच्चिएको छ । क्षतिको विवरण संकलन भइरहेको छ ।
बम विष्फोटपछि बिथोलिएको चुनावीसभाको कार्यक्रम सुरक्षा व्यवस्था थप कडा पारेर सुचारु गरिएको छ ।