Logo
१ मंसिर २०८१, शनिबार
(November 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाललाई विश्व बैंकले १६ अर्ब रुपैयाँभन्दा धेरै सहायता दिने

विश्व बैंकले नेपाललाई १६ अर्ब रुपैयाँभन्दा धेरै सहायता रकम दिने भएको छ ।

विद्यालय क्षेत्र विकास कार्याक्रम कार्यान्वयन र युवा रोजगारीका लागि रुपान्तरण पहल परियोजनाको लागि विश्व बैंकले १६ अर्ब अर्ब ३७ करोड रुपैयाँ सहायता दिन लागेको हो ।

अर्थमन्त्री डाक्टर युवराज खतिवडा र विश्व बैंकका प्रतिनिधिबीच बुधबार अर्थ मन्त्रालयमा सम्झौतामा हस्ताक्षर हुनेछ ।

विद्यालय क्षेत्र विकास कार्याक्रम (एसएसडीपी)का लागि २ अर्ब ७४ करोड १३ लाख रुपैयाँ र युवा रोजगारीका लागि रुपान्तरण पहल परियोजनाको लागि विश्व बैंकले १३ अर्ब ६३ करोड रुपैयाँ दिन लागेको अर्थ मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: Nov 26, 2019

प्रतिक्रिया दिनुहोस्