डाक्टरलाई ठक्कर दिएर भागेको बस प्रहरीको नियन्त्रणमा
काठमाडौं : काठमाडौंको नयाँ बानेश्वरमा सिभिल अस्पतालका चिकित्सक डा.प्रभु जोशीलाई ठक्कर दिएर भागेको गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आइतबार बिहान मर्निङ वाकमा हिँड्ने क्रममा बसको ठक्करबाट जोशीको मृत्यु भएको थियो । उक्त गाडीलाई रामेछापबाट बा ४ ख ६१४ नम्बरको बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले गाडी नियन्त्रणमा लिइएको पुष्टि गरे पनि पक्राउ परेका व्यक्तिको नाम खुलाएनन् ।