Logo
१० माघ २०८१, बिहीबार
(November 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश ५ : कृषि मन्त्रालयका लागि ४ अर्ब बढी बजेट, प्रथम चौमासिकमा १४ कराेड खर्च

प्रदेश नम्बर पाँचको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पहिलो चौमासिकमा सबैभन्दा कम बजेट खर्च गरेको छ ।

प्रदेश लेखा नियन्त्रण कार्यालयको प्रथम चौमासिक प्रतिवेदनका अनुसार कुल विनियोजित बजेट मध्ये कृषि मन्त्रालयले चार प्रतिशत मात्रै बजेट खर्च गर्न सकेको छ ।

कृषि मन्त्रालयका लागि ४ अर्ब ७ करोड ६५ लाख ८९ हजार रुपैयाँ बजेट छुट्टाइएको भए पनि १४ करोड ४२ लाख १० हजार मात्रै खर्च भएको देखिएको हो ।

प्रतिवेदनका अनुसार समग्रमा प्रदेश नम्बर पाँचको सरकारले ७ प्रतिशत बजेट खर्च गरेको छ । प्रदेश सभा सचिवालयले भने विनियोजित बजेटको १४ प्रतिशत बजेट खर्च गरेको छ ।

प्रदेशका सामाजिक विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले ७ प्रतिशत बजेट खर्च गरेका छन् ।

उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालयले १० प्रतिशत बजेट प्रथम चौमासिकमा खर्च गरेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले भने ११ प्रतिशत बजेट खर्च गरेको छ । प्रदेश सरकारले विभिन्न मन्त्रालय र संवैधानिक निकायलाई चालु आर्थिक वर्षका लागि विनियोजन गरेको ३३ अर्ब १७ करोड ७८ लाख ८१ हजार रुपैयाँमध्ये २ अर्ब ३३ करोड ८४ लाख ११ रुपैयाँ बजेट खर्च भएको छ ।

प्रकाशित मिति: Nov 26, 2019

प्रतिक्रिया दिनुहोस्