Logo
१ मंसिर २०८१, शनिबार
(November 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रियसभा मार्फत सीके राउतलाई सरकारमा सहभागी गराउने प्रधानमन्त्रीको तयारी

प्रधानमन्त्री केपि शर्मा ओलीले अव राजपा र नयाँ शक्तिको रुपमा उदाइरहेका सिके राउत नेतृत्वको जनमत पार्टीलाई सरकारमा सहभागी गराउने तयारीमा जुटेका छन् । समाचार श्रोतका अनुसार राउतलाई राष्ट्रियसभा मार्फत सरकारमा ल्याउने तयारीमा रहेको बुझिएको छ ।

त्यसो त यसअघिप्रधानमन्त्रीले विगतमा मधेश केन्द्रित दलको पदाधिकारी रहेका दुईजना नेतालाई सरकारमा सहभागी गराएकाछन् । हृदयश त्रिपाठीलाई सामान्य प्रशासन र रामेश्वर राय यादवलाई श्रम मन्त्रालयको जिम्मेवारी दिए ।

दुवै मन्त्री ओलीका कट्टर आलोचक र मधेशको मुद्दामा उग्र अभिव्यक्ति दिएर सक्रिय भएका थिए । त्रिपाठी र यादवलाई सरकारमा सहभागी गरेपछि ओलीले राष्ट्रिय जनता पार्टीलाई पनि सरकारमा सहभागी गराउन पहल थालेका छन् ।

मधेशको मुद्दामा उग्र विचार राख्ने राजेन्द्र महतो संयोजक हुँदा ओलीका तर्फबाट त्यस्तो पहल भइसकेको बुझिएको छ । त्यस्तै ओलीले नै सी के राउतलाई बिखण्डनकारी विचार त्याग्न वाध्य पारे ।

अब उनलाई सरकारमा ल्याउने पहल भइसकेको छ । राउतले त्यसको संकेत गरिसकेका छन् ।

उनले विगतमा उठाएको विचार त्यागेर रङ्गभेदविरुद्धको विचार अघि सारेका छन् ।

मधेशमा उक्त विचारसहितको प्रदर्शन समेत गरे । यसलाई उनको सुरक्षित अवतरणपछि विचारमा आएको परिवर्तनका रुपमा लिइएको छ ।

यसै वर्षको अन्ततिर ओलीले मन्त्रीमण्डल पुनः पुर्नगठन हुने संकेत गरिसके । राष्ट्रिय सभामा केही सिटमा चुनाव हुँदा राउतको समेत सम्भावना छ ।

राउतलाई राष्ट्रिय सभामा स्थान दिएर ओलीले मन्त्री बनाउने गरी रणनीति बनिरहेको बुझिएको छ । त्यसैको माहोल बनाउन राउतले आफूलाई बिखण्डनकारी नभएको सन्देश दिन थालेका छन् ।

उनको यु टर्न अब सरकारमा सहभागी हुने मार्ग खोल्ने रणनीतिका रुपमा बुझिएको छ ।

प्रकाशित मिति: Nov 25, 2019

प्रतिक्रिया दिनुहोस्