एम्बुलेन्स चालक कुटेको आरोपमा पत्रकार चन्दन रौनियार प्रहरी हिरासतमा, १० दिन म्याद थप
रक्सि खाएर एम्वुलेन्स चालक कुटपिटमा संलग्न भएको भन्दै दुहवीका स्थानिय पत्रकार चन्दन रौनियारलाइ प्रहरीले पक्राउ गरेको छ ।
आइतवार साँझ रक्सीले मातेका रौनियारले बीनाकारण इटहरी ५ का निरौलालाइ कुटपुट गरेको पीडितका परिवारजनले जानकारी दिएका छन् ।
पीडितको करङ भाँचिएको बताइएको छ । उनको विराटनगरमा उपचार भइरहेको छ । प्रत्यक्षदर्सीहरुका अनुसार स्थानीय पत्रकार चन्दन रौनियारले सामान्य विवादमा एम्बुलेन्स चालकलाइ कुटपिट गरेको बताउँछन । इलाका प्रहरी कार्यालय दुहवीका प्रहरी निरिक्षक प्रविण कार्कीले एम्वुलेन्स चालक पीटिएको पुष्टि गरे ।
उनका अनुसार कुटपिटमा संलगन रौनियार प्रहरी नियन्त्रणमा छन । संलगन रौनियार प्रहरी नियन्त्रणमा छन् । सोमवार रौनियारलाइ इलाका प्रहरी कार्यालय दुहबीबाट हतकडी लगाइ १० दिन म्याद थप गरिएको छ । सोमवार दुहवी प्रहरी कार्यालय परिसरमा दजर्नाैँको सँख्यामा एम्वुलेन्स चालक एम्वुलेन्ससहित भेला भएका थिए ।
उनिहरूले दोषिलाइ हदैसम्म कारवाहीको माग गरेका थिए । रौनियार इनरुवाबाट प्रकाशित हुँने जनशताब्दी दैनिक पत्रिकाका दुहबी सम्वाददाता हुँन । कुटपिटबाट घाइते भएका इटहरी ५ का गोपाल निरौलाको विराटनगरको न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।
पीडितको पक्षबाट एम्बुलेन्स चालक संघ मोरङका सदस्य मनोजकुमार सिवाकोटीले प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका छन् । ’एम्बुलेन्स चालकमाथि आक्रमण भएको छ । पेशागत सुरक्षामाथि प्रश्न उठेकाले दोषीलाई हदैसम्म कारवाहीका लागि माग गर्दछौं ,’ उनले भने।