Logo
१ मंसिर २०८१, शनिबार
(November 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपेन्द्रले कानून मन्त्रालयको जिम्मेवारी सम्हालेपछि राजेन्द्रको प्रतिकृया : ‘अब एकता हुँदैन्’

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले उपप्रधान तथा कानून मन्त्रालयको जिम्मेवारी सम्हाले लगतै राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले समाजवादी पार्टीसँग तत्काल पार्टी एकता हुने बताएका छन् ।

पार्टीको कार्यक्रमका लागि सिरहा पुगेका संयोजक महतोले सञ्चारकर्मीसँग समाजवादी पार्टी सरकारबाट नबाहिरिएकाले तत्काल एकताको सम्भावना नरहेको बताएका हुन् ।

लोकतान्त्रिक वैकल्पिक शक्ति निर्माणका लागि अहिले पनि समाजवादीलगायतका पार्टीहरुसँग एकताको कुरा भइरहेको उल्लेख गर्दै महतोले अहिले नयाँ वैकल्पिक शक्तिको खाँचो रहेको बताए ।

संविधान संशोधन, मधेश आन्दोलनका क्रममा आन्दोलनकारीमाथि लगाइएको मुद्दा फिर्तालगायतका मागहरु सम्बोधन नभएसम्म तत्काल आफ्नो पार्टीले सङ्घीय सरकारलाई सहयोग गर्न नसक्ने बताए ।

यही मङ्सिर १४ गते हुने उपनिर्वाचनलाई मधेश र मधेशीको पहिचान र अस्तित्व रक्षाको लागि जनमत सङ्ग्रहको रूपमा आफ्नो पार्टीले लिएको उनको भनाइ थियो ।

प्रकाशित मिति: Nov 25, 2019

प्रतिक्रिया दिनुहोस्