सुनसरीमा स्वतन्त्र पत्रकार संघ सक्रिय हुदै, निस्पक्ष रुपमा कलम चलाउनेमा एक मत
प्रदेश एक स्थित सुनसरी जिल्लामा विभिन्न संचार माध्यममा आबद्ध रहेर कृियाशिल पत्रकारीता गरिरहेका संचारकर्मीहरुको स्वतन्त्र पत्रकार संघले पुर्णता पाएको छ ।
स्वतन्त्र संचारकर्मिहरुले स्वतन्त्र पत्रकारीता गर्नुपर्ने धारणा राख्दै जिल्लामा स्वतन्त्र पत्रकार संघ गठन गरेर आम जनताहरुलाई निष्पक्ष, सत्य तथ्य समाचार दिनुपर्ने कुरा ध्यानमा राखि स्वतन्त्र रूपमा पत्रकारीता गर्नुपर्ने स्वतन्त्र पत्रकार संघ सुनसरीकाे उद्देश्य रहेको छ । पत्रकारहरुनै विभिन्न पार्टीमा आबद्ध रहेर निष्पक्ष , सत्य तथ्यमा अधारित रहेर समाचार तथा सुचना दिन नसक्ने आ-आफ्नो पार्टीमा राम्रो समाचार मात्रै लेख्नु पार्टीकाे दबाबमा अपराध, भ्रष्टाचार , अत्यचार जस्तो समाचार नलेख्नु एउटा असल पत्रकारकाे कर्तव्य न भएको उनीहरुको निसकर्स रहेको छ । विपक्ष पार्टीलाई मात्रै टारगेट गरेर समाचार लेखि रहेने पार्टीको लागि त्यसकारण सत्य तथ्य निष्पक्ष समाचार तथा सुचना आम जन्ता माझ नपुगेको स्वतन्त्र पत्रकार संघ सुनसरीका ध्यानाकर्षण भएको छ ।
सुनसरिका कृियाशिल पत्रकारहरूकाे संगठन स्वतन्त्र पत्रकार संघ सुनसरीले शुक्रबार इटहरीमा पहिलाे बैठक सम्पन्न गरेकाे छ । बैठकमा तत्काल इटहरीमा कार्यालय स्थापना गर्दै सदस्यता बृद्धि लगायत अन्य बिषयहरूमा छलफल गरेको थियो ।
इटहरीकाे पाथीभरा हाेटलकाे सभाहलमा आयाेजित स्वतन्त्र पत्रकारहरूकाे भेलाले रिक्त रहेको पदहरू पुर्ण भएको छ ।
जस अनुसार काेषाध्यक्षमा इनरूवाका कृियाशिल पत्रकार नसीम अन्सारी, सदस्यहरूमा दुहबीका राम प्रशाद आचार्य र संजय चौधरी,हरिनगराका नसिम अनसारलाइ चयन गरिएकाे छ ।
कुनैपनि राजनीतिकदलमा आबद्ध नभएका स्वन्तत्र रूपमा पत्रकारीता गर्दै आएका त्यस्ता पत्रकारहरूलाइ सक्दाे समेटेर अघि बढने निर्णय समेत गरेकाे छ ।
संघका अध्यक्ष खगेन्द्र कार्किकाे सभापतित्वमा सम्पन्न पहिलाे बैठकमा सुनसरी जिल्ला उपाध्यक्ष अकबर अलि सचिब तेज बन ,जिल्ला सल्लाहकारहरुमा केन्द्रिय काेषाध्यक्ष सालिग्राम पाण्डे , केन्द्रिय सदस्य प्रेम गिरि,माेहन ढकाल लगायत १४ जना कार्यसमितिका सदस्यहरूकाे समेत उपस्थिति रहेकाे थियाे ।