५ वर्षलाई ओली नै प्रधानमन्त्री, प्रचण्ड नेकपाको कार्यकारी अध्यक्ष (भिडियो)
आज (बुधबार) बसेको नेकपा सचिवालयको बैठकले दुई अध्यक्षको जिम्मेवारी बाँडफाँट गरेको छ । बैठकमा पाँच वर्षलाई केपी शर्मा ओली नै प्रधानमन्त्री हुने निर्णय गरेको छ भने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कार्यकारीसहित पार्टी सञ्चालनको जिम्मेवारी दिइएको छ ।
जस अनुसार यो संसद रहँदासम्म ओली नै प्रधानमन्त्री हुनेछन् । प्रतिनिधिसभाको यस कार्यकालमा सरकारको नेतृत्व केपी शर्मा ओलीले गर्ने र राजनीतिक स्थायीत्वको सन्देश दिने प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बताए ।
हेर्नुस् भिडियो :