Logo
१८ पुस २०८१, बिहीबार
(November 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘सरकार अझै पनि कहाँ अल्झिएको हो ? जनअपेक्षा अनुसार काम भएको छैन’

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको गुनासो गरेका छन् ।

भैरहवामा आयोजित लुम्बिनी औद्योगिक व्यापार तथा कृषि महोत्सवलाई सम्बोधन गर्दै प्रचण्डले पार्टीले आफ्नो बाँकी जीवन देश र जनताका लागि समर्पित गरेको पनि उल्लेख गरेका हुन् ।

‘सरकार अझै पनि कहाँ अल्झिएको हो ?’, उनले भने, ‘जनअपेक्षा अनुसार काम भएको छैन । केही ढिलो पक्कै भएकै हो ।’ उनले पार्टीको नेतृत्वमा दुईतिहाइको सरकार हुँदा पनि व्यवसायीले चाहे जस्तो वातावरण बन्न नसकेको पनि गुनासो गरे ।

उनले पाँच वर्ष्भित्र नेपालका व्यावसायीले चाहेअनुसार लगानीको वातावरण निर्माण हुने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले अब सरकारले देखिने गरी काम गर्ने दाबी पनि गरे । ‘नयाँ उत्साहका साथ अब सरकारले विकासको लहर ल्याउनेछ । तपाईंहरु ढुक्क हुनुस्, अब देखिने गरी काम हुनेछ ।’

साथै उनले प्रदेशको राजधानीको विषय सहमतिका आधारमा टुंगो लगाइने बताए । सरकारबाट नमिलेका विषयलाई मिलाएर लैजाने प्रचण्डले प्रतिबद्धता व्यक्त गरेका छन् । उनले नेपालमा लगानीमैत्री वातावरण निर्माण गर्नु सरकारको प्रमुख दायित्व भएको बताए ।

प्रकाशित मिति: Nov 19, 2019

प्रतिक्रिया दिनुहोस्