एसीसी इमर्जिङ कप : बंगलादेशसँग नेपाल ८ विकेटले पराजित
एसीसी इमर्जिङ टिम्स कपमा नेपालले दोस्रो हार ब्यहोरेको छ । ढाकाको क्रिरा शिख प्रोस्टिस्थान नम्बर ४ मैदानमा सोमबार भएको खेलमा बंगलादेशसँग ८ विकेटको हारपछि नेपाल समूह चरणबाट बाहिरिएको हो ।
बंगलादेशले २४ ओभरमै २ विकेट गुमाउँदै नेपालले दिएको १३९ रनको लक्ष्य भेट्टाएको हो ।बंगलादेशका लागि नजमुल होसेन शान्तोले सर्वा्धिक ५९ रन बनाए । त्यस्तै मोहम्मद नैमले ४५ रन बनाउँदा सौम्य सरकारले ११ रन र यासिर अलीले रनको योगदान दिए ।
नेपालका लागि सोमपाल कामी र सुशन भारीले एक-एक विकेट लिए । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४४.३ ओभरमा सबै विकेट गुमाउँदै १३८ रन बनाएको थियो । खराब सुरुवात गरेको नेपालका लागि सोमपाल कामीले सर्वा्धिक ३८ रन बनाए ।
३५ रन बनाएको अवस्थामा तीन जना ब्याट्सम्यानलाई गुमाएको नेपालका ले ८५ रन बनाउँदा बाँकी पाँच विकेट पनि गुमाएको थियो । यस क्रममा कुशल भुर्तेल १०, ज्ञानेन्द्र मल्ल २२, शरद भेषावकर १, दिपेन्द्रसिंह ऐरी ६, आरिफ शेख ११, पवन सर्राफ ९, सन्दिप जोरा शून्य र विनोद भण्डारी आठ रनमा पवेलियन फर्किए ।
त्यसपछि क्रिजमा आएका सोमपाल कामी र करण केसीले नवौं विकेटका लागि ५० रनको साझेदारी गर्दै टिमको स्कोर उकासेका थिए । करणले ४७ बलमा एक चौका र एक छक्का प्रहार गर्दै १८ रन बनाए ।
सोमपाल सोमपाललले ६३ बलमा एक चौका प्रहार गर्दै ३८ रन बनाए । बलिङतर्फ बंगलादेशका मिनहाजुल अबेदिन अफ्रिदीले तीन विकेट लिए भने तनबीर इश्लाम र सुमोन खानले दुई-दुई विकेट लिए । समूह ‘बी’ मा रहेको नेपाल भारतसँग हारेको थियो भने हङकङलाई हराएको थियो ।