Logo
१ मंसिर २०८१, शनिबार
(November 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ स्थित जानकी मन्दिरमा विद्युत् लाइन काटिने चिन्ता !

प्रदेश दुई स्थित जानकी मन्दिरकातर्फबाट करीब ८३ लाख रुपैयाँ बराबरको विद्युत् महसूल बुझाउन बाँकी रहेको पाइएको छ ।

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र जनकपुरका प्रमुख रामप्रबोध साहका अनुसार जानकी मन्दिरमा तीनवटा मिटर जडान गरिएको छ । जानकी मन्दिर, लक्ष्मण मन्दिर र राम जानकी विवाह मण्डपका नाममा तीनवटा मिटर जडान गरिएको हो, जसमध्ये जानकी मन्दिरका नामामा ६७ लाख १ हजार ६८ रुपैयाँ, लक्ष्मण मन्दिरको नाममा ६ लाख १३ हजार ४ सय २५ रुपैयाँ र रामजानकी विवाह मण्डपको नाममा ९ लाख ८४ हजार ४ सय ४ रुपैयाँ गरी कुल ८२ लाख ९८ हजार ९ सय ९८ रुपैयाँ विद्युत् महसूल असुलउपर गर्न बाँकी रहेको साहले बताए ।

‘उक्त रकम अविलम्ब बुझाउनका लागि जानकी मन्दिर व्यवस्थापनलाई पटक–पटक पत्राचार समेत गरेका छौं,’ वितरण केन्द्र प्रमुख साहले भने, ‘तर विद्युत् महसूल बुझाउन हालसम्म नआएकाले कुनैपनि समय विद्युत् आपूर्ति रोक्न हामी बाध्य हुनेछौं ।’

विद्युत् प्राधिकरण वितरण केन्द्र जनकपुरको तथ्यांक केलाउने हो भने सबैभन्दा बढी बक्यौता जानकी मन्दिरकै रहेको छ । उक्त कार्यालयले उपलब्ध गराएको विवरण अनुसार जानकी मन्दिरले २०७६ असोज महिनासम्ममा कुल ८२ लाख ९८ हजार ९ सय ९८ रुपैयाँ महसूल तिर्न बाँकी रहेको छ ।

प्रकाशित मिति: Nov 17, 2019

प्रतिक्रिया दिनुहोस्