प्रदेश १ को रगत अभाव समाप्त गर्न भुटाहामा बृहत रक्तदान
प्रदेश १ स्थित सुनसरीकाे दक्षिणी भेग हरिनगर गाउँपालिका भुटाहामा पहिलो पटक रक्तदान जिबनदान भन्ने मुल नाराका साथ बृहत रक्तदान कार्यक्रम भएको छ ।
बिहान ७ बजे बाट दिउँसो ११ बजे सम्म भएको रक्तदान कार्यक्रममा ३६ जनाले रगत दान गरेको सामाजिक विकासका लागि एकबद्धता नेपाल संस्थाको अध्यक्ष नईम अन्सारीले जानकारी दिनुभएको छ ।
सामाजिक विकासका लागि एकबद्धता नेपाल ( एलाइन्स नेपाल ) संस्थाको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी सुनसरी जिल्ला शाखा धरानकाे संयोजन र हरिनगर गाउँपालिका भरिका प्राथमिक स्वास्थ्य केन्द्रका टिम लगायत गाेल्डेन सन ट्राभल्स एण्ड टुर्स प्रा. लि, का अरसद अन्सारी, हरिनगर गाउँपालिका मेलमिलाप संयाेजक अलाउद्दीन अन्सारी,फिराेज सिद्दिकी, माेलाना सहाबुदीन अन्सारी, सुनिल कुमार साह, भाेला प्रसाद गुप्ता, अमर जैन,जियाउदिन अन्सारी, ठिक्दार अलाउद्दीन अन्सारी , व्यापारी प्रमोद मेहताको सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
साे कार्यक्रमका प्रमुख अथिति सुनसरी क्षेत्र नं. ४ ख का प्रदेश सांसद मा.हाजि ताहिर अन्सारी , विशेष अथिति हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारी एवम् गाउँपालिका उपाध्यक्ष रिमझिम भगत अथितिहरु भुटाहा शसस्त्र प्रहरी बलका प्रमुख सुमन बुराथाेकी भुटाहा प्रहरी चाैकीका प्रमुख उदेय प्रसाद कटेल, १ नम्बर वडा अध्यक्ष अबदुल लतिफ अन्सारी , कार्यपालिका सदस्य सुशील कुमार ठाकुर, ६ नम्बर वडा सचिव शमिम अन्सारी, नेपाली काँग्रेस हरिनगर गाउँपालिका सभापति शिवहरि श्रेष्ठ , हरिनगर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रकाश थापा मगर, नेपाल रेडक्रस सोसाइटी सुनसरी जिल्ला शाखा काेषाअध्यक्ष विषणु मंडल, समाजसेवी तथा युवा नेता अकिल अन्सारी , बसन्तपुर गाविस पुर्व अध्यक्ष सिगमलाल यादव , जय प्रकाश साह, नेपाल पिछडावर्ग OBC महासंघ केन्द्रीय सदस्य इलियास हजाम, प्रदेश नं. १ का अध्यक्ष कृष्ण प्रसाद मेहता, नेपाली काँग्रेस भुटाहा सभापति सराजुद्दीन अन्सारी , विभिन्न पार्टी प्रतिनिधि लगायत सम्पूर्ण भुटाहाका युवाहरुकाे उपस्थिति रहेको थियोे ।
प्रदेश नम्बर १ का बिभिन्न अस्पतालहरुमा हुने रगत अभाबलाई न्यूनिकरण गर्न नेपाल रेडक्रस सोसाइटी सुनसरी जिल्ला शाखा धरानसँगको साझेदारीमा संस्थाले मिलेर रक्तदान कार्यक्रम गरिएको सुनसरी जिल्लाकाे इनरुवादेखि दक्षिण भेगमा बसेर सक्रिय पत्रकारिता गरिरहेका वर्णमाला दैनिक लगायत विभिन्न संचार माध्यममा काम गरिरहेका पत्रकार तथा रक्तदान कार्यक्रम संयोजक नसीम अन्सारीले जानकारी दिनुभयो ।