विश्व क्रिकेटका महान् हस्ती सचिन तेन्दुल्कर प्रधानमन्त्रीलाई भट्न पुगे बालुवाटार
विश्व क्रिकेटका एक महान् हस्ती सचिन तेन्दुल्करले बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् ।
शुक्रबार बेलुका नेपाल आएका तेन्दुल्करले आइतवार दिउँसो प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्रसँग भेट गरेका हुन् ।
युनिसेफका सद्भावना दूत रहेका तेन्दुल्करसँगको भेटपछि प्रधानमन्त्री ओलीले खुसी व्यक्त गरे ।
तेन्दुल्करले बालबालिकाको अधिकार संरक्षण र उनीहरुको हितका लागि नेपाल सरकारले गरेको प्रयासको प्रशंसा गरे ।
उनले बाल अधिकारको संरक्षण र उनीहरूको हितका लागि नेपालले गरेका प्रयासको सराहना गरे।
सचिनले २०७२ को भूकम्पको बेलामा नेपाललाई सहयोग गरेका थिए । यो पटक युनिसेफको सद्भावना दूताका रुपमा उनी नेपाल भ्रमणमा आएका हुन् ।