Logo
१ मंसिर २०८१, शनिबार
(November 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मोदीको सरकारमा खटपट : सत्ता घटक दल शिवसेनाका मन्त्रीले दिए राजीनामा

भारतका केन्द्रीय मन्त्री अरविन्द सावन्तले नरेन्द्र मोदी सरबारबाट राजीनामा दिएका छन् । उनी शिवसेनाका लोकसभा सांसद हुन् । सावन्त मोदी सरकारमा उद्योगमन्त्री थिए । उनले ट्वीट गरेर राजीनामाबारे जानकारी दिएका छन् ।

यो राजीनामासँगै अनुमान लगाउन थालिएको छ कि शिवसेना महाराष्ट्रमा एनसिपी र कांग्रेससँग मिलेर सरकार बनाउने प्रयासमा जुटेको छ ।

शिवसेनाले एनडिए गठबन्धन तोडेपछि मात्र समर्थन दिन सक्ने अडान एनसिपीको थियो ।

अहिले शिवसेनासँग ५६ विधायक छन् तर सरकार गठनका लागि १४६ विधायकको समर्थन चाहिन्छ ।

यस्तोमा शिवसेनालाई एनसिपी र कांग्रेस दुवैको समर्थन आवश्यक छ ।

कांग्रेसले शिवसेना र एनसिपीलाई सरकार बनाउन बाहिरबाट समर्थन दिने बताइएको छ ।

 

प्रकाशित मिति: Nov 11, 2019

प्रतिक्रिया दिनुहोस्