Logo
१ मंसिर २०८१, शनिबार
(November 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतसँग चर्का-चर्कीबीच मङ्गलबार बङ्गलादेशका राष्ट्रपति नेपाल आउँदै

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद आगामी मंगलबार नेपाल भ्रमणमा रहने भएका छन् । राष्ट्रपति हदिम २६ देखि २९ कार्तिकसम्म नेपालको चार दिवसीय सद्भावना भ्रमणमा आउने भएका हुन् ।

राष्ट्रपति हमिदलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा औपचारिक स्वागत गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा उनले राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

राष्ट्रपति भण्डारीले आफ्ना बङ्गलादेशी समकक्षी तथा उनको प्रतिनिधिमण्डलको सम्मानमा राजकीय  भोज आयोजना गर्ने कार्यक्रम रहेको छ ।

बङ्गलादेशका राष्ट्रपतिसँग उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बेग्लाबेग्लै शिष्टाचार भेट गर्नेछन् ।

राष्ट्रपति हदिमसँग नेपालका राजनीतिक दलका वरिष्ठ नेताहरूले पनि शिष्टाचार भेट गर्नेछन्  । नेपाल बसाइको समयमा बङ्गलादेशका विशिष्ट अतिथिहरूले पोखराका साथै काठमाडौँ उपत्यकाका ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक महत्वका स्थलको भ्रमण गर्नेछन् ।

छिमेकी देश भारतसँग सिमाको कुरामा चर्काचर्कीबीच उनको यो भ्रमणलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रकाशित मिति: Nov 9, 2019

प्रतिक्रिया दिनुहोस्