Logo
१२ आश्विन २०८१, शनिबार
(November 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बराहक्षेत्र २ मा तिरुपति बालाजी दिव्य धाम निर्माण हुने

शिव भट्टराई,धार्मिक नगरी सुनसरीको बराहक्षेत्र २ मा तिरुपति बालाजी दिव्य धाम निर्माण हुने भएको छ ।
भारतको आन्द्र प्रदेसमा रहेको तिरुपति बालाजी मन्दिरकै स्वरुपमा निर्माण गरिन लागेको मन्दिरको शिलान्यास प्रदेस नम्बर १का कानुन मन्त्री हिकमत कार्कीले एक धार्मिक समारोहका विच गरेका हुन ।
बराहक्षेत्रको पुनर्वासमा रहेको बेंकटेश रामानुज सत्संग मन्दिर रहेको क्षेत्रमा निर्माण गरिने तिरुपति मन्दिर भारतमा रहेको मन्दिरकै शैलीमा निर्माण हुने निर्माण कार्य समितिले जनाएको छ ।
मन्दिर निर्माणमा सहयोग जुटाउन अस्ट्रेलिया ,अमेरिका ,क्यानडा ,बेलायतमा समेत उपसमिति बनाइएको निर्माण समितिका अध्यक्ष स्वामी हरिप्रपन्नाचार्यले जानकारी दिए । भारतमा रहेको तिरुपति बालाजीमा रहेका मन्दिरका कला शैली देखि लिएर टुडाँल सम्म त्यस्तै शैलिमा वनाउन कालीगढ समेत भारतबाटै ल्याइने वताए । समितिका सह अध्यक्ष गुरुप्रसाद सुवेदीले १५ करोड लागतमा आगामी पाँचमा निर्माण सम्पन्न गर्ने गरी काम शुरु भएको जानकारी दिए ।
तिरुपति बालाजी दिव्य धाम निर्माणका सम्पन्न भएपछि यस क्षेत्रमा धार्मिक पर्यटकीय क्षेत्रको रुपमा समेत विकसित हुने विश्वास गरिएको छ ।

प्रकाशित मिति: Nov 6, 2019

प्रतिक्रिया दिनुहोस्