Logo
१२ आश्विन २०८१, शनिबार
(November 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अदालतमा आलमसँग बयान लिने क्रम जारी 

रौतहट : बमकाण्डका मुख्या योजनाकार रहेको आरोपमा पक्राउ परेका कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई बयानका लागी दोश्रो दिन बुधबार अदालतमा उपस्थित गराइएको छ । मंगलबार बयान नसकिएपछि उनलाई पुन: बयानका लागि ल्याइएको हो ।

मंगलबार बयान सक्ने भनिए पनि प्राविधिक कारणले ढिला भएको अदालतले जनाएको थियो । आलममाथि कर्तव्यज्यान, ज्यानमार्ने उद्योग र बिस्फोटक पदार्थ भण्डारनको अभियोग लगाएर जन्मकैद सजायसहित जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार अभियोगपत्र दर्ता गराएपछि आलमसँग दोश्रो दिन पनि अदालतमा बयान लिईएको हो ।

आज बयान सकेर थुनछेक बहस हुने जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटवालले बताए । प्रहरीले कडा सुरक्षाबीच उनलाई जिल्ला अदालत भित्र प्रवेश गराएको छ । अहिले उनीसँग बयान लिने क्रम जारी छ । उनलाई जिल्ला अदालतका न्यायाधीश दिपक ढकालले बयान लिइरहेका छन् ।

गएको असोज २६ गते देखी आलम प्रहरी हिरासतमा छन् ।

प्रकाशित मिति: Nov 6, 2019

प्रतिक्रिया दिनुहोस्