कृष्णबहादुर महराजी ‘क्रिमिनल नै होइन, नैतिक गल्ती’ मात्र गरेका हुन् : प्रचण्ड
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले निर्वतमान सभामुख कृष्णबहादुर महराले नैतिक गल्ती गरेकाले सजायको छिनोफानो अदालतले गर्ने बताएका छन् ।
दाङ स्थित महराको निर्वाचन क्षेत्र घोराहीमा बुधबार प्रेस सेन्टर दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले महराले नैतिक गल्ती गरेको बताए ।
‘यो विषय अदालतमा गएकाले राजनीतिक रुपमा धारणा राख्नु उचित होइन’, उनले भने, ‘उच्च आहोदामा पुगेको व्यक्तिबाट त्यस्तो गल्ती हुनुहुँदैनथ्यो ।’
महराका बारेमा सञ्चार माध्यमा समाचारहरु आएपछि आफूले पार्टीका नेता नारायणकाजी श्रेष्ठ र जोगबहादुर महरालाई भेटेर सोध्न पठाएको तर, त्यहाँ महराले सत्य कुरा नगरेपछि स्वयम आफू महरालाइ भेट्न पुगेको खुलासा गरे ।
तर, आफूसँगको भेटमा महराले सत्य कुरा नबताएको प्रचण्डले बताए । ‘सत्य कुरा बताउनु भएन । उच्च ओहोदामा पुगेको व्यक्तिबाट यस्तो खालको जवाफ आउनु उहाँको पहिलो गल्ती नै त्यहीँ हो’, उनले भने, ‘महराको गल्ती क्रिमिनल होइन, नैतिक हो ।’
मरेको बाघसँग किन झस्किनु ?
पूर्वराजा प्रति संकेत गर्दै प्रचण्डले मरेको बाघको संज्ञा दिए । ‘मरेको बाघसँग किन झस्किनु’, उनले भने, ‘अन्तिम क्षणमा मसानघाटबाट हात खुट्टा फाल्ने मरेको बाघसँग किन झस्किनु ? म झस्किएको होइन ।’
प्रचण्डले सरकारले गरेको प्रदेश प्रमुखको नियुक्तिलाई स्वभाविक रहेको प्रतिक्रिया दिए ।