Logo
१२ आश्विन २०८१, शनिबार
(November 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अदालत समक्ष आलमको ४५ मिनेट बयान, न्यायाधीश आफैले भोलि फेरि लिने

सांसद तथा नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमको मंगलबारको बयान कार्य सकिएको छ । आलम पक्षका कानून व्यवसायीले मुद्दाको मिसिलको फोटोकपी प्राप्त गरेपछि मात्रै आलमको बयान शुरु भएको थियो ।

‘प्रतिवादी पक्षका कानून व्यवसायीहरुले मुद्दाको नक्कल माग गरेकाले केही बेर बयान स्थगित भएको थियो’ सरकारी वकिल खडिन्द्रराज कटुवालले भने ‘त्यस पछि शुरु भएको बयान झण्डै ४५ मिनेट चलेको थियो ।’

बयानका लागि बिहान १०.३० बजे नै अदालत र्पुयाइएका आलमको बयान ३ स् १५ बजे शुरु भएको थियो । आलमलाई १ स् १५ बजे जिल्ला न्यायाधीश जिल्ला न्यायाधीश दीपक ढकालको इजलासमा लगेपछि उनका पक्षका कानून व्यवसायीले मुद्दाको मिसिलको फोटोकपी आफूहरुले नपाएको भने पछि शुरु हुन लागेको बयान केही बेर रोकिएको थियो ।

आलमसँग न्यायाधीश ढकालले ९ वटा प्रश्न गरेका थिए । आलमको परिचय तथा कानून व्यवसायी राखे नराखेकोसम्बन्धी प्रश्नहरु मात्रै गर्दा अदालतको समय समाप्त भएकोले बाँकी बयान बुधबार हुने सरकारी वकिल कटुवालले जानकारी दिएका छन् ।

प्रकाशित मिति: Nov 5, 2019

प्रतिक्रिया दिनुहोस्