Logo
१ मंसिर २०८१, शनिबार
(November 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कछुवा गतिमा टालटुल मात्र भएको भन्दै दुहवीवासी आन्दोलित

प्रदेश १ स्थित सुनसरीको स्थित कोशी राजमार्ग सडक खण्ड र दुहबी-इनरुवा सडक खण्डमा सडक बिभागको लापरबाहीले अत्याधिक धुलाम्मे भएको भन्दै स्थानीय आक्रोशित भएका छ्न ।

महिनौं देखि कछुवा गतिले टालटुल मात्र गरेको भन्दै उनिहरु आक्रोशित भएका हुन ।

१ महिना अगाडीनै सडक बिभागले दुहबी सडकको खाल्डा खुल्डी भएको ठाउँमा गिट्टी माटो छरेर टालटुल मात्र गरेको कारण दुहबीको सडक खण्ड अत्याधिक धुलाम्मे भएको हो ।

दुहबी सडक खण्ड अत्याधिक धुलाम्मे भएपछि स्थानियहरुले दुहवी–इनरुवा सडक खण्डको सुस्त गतिको काम रोकाइ दिएका थिए । काम रोकाएपछि सो सडक खण्डको ठेक्का लिएका सरिता निर्माण सेवा इनरुवाका ठेकेदार रमजान मियाँले दुहवी नगरपालिका र स्थानियवासीको आदेश न मान्ने बताए ।

दुहबी सडक खण्ड अत्याधिक धुलाम्मे हुँदा १५ जना भन्दा बढीलाइ फोक्सोको समस्या भएको स्थानिय चन्दु सिंहले दावी गरेका छन ।

स्थानीय राम न्यौपानेका अनुसार हामी स्थानियवासीहरु सो विषयमा दुहबी नगरपालिकामा जानकारी गराउन पुग्दा दुहबी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाले सडक विभाग नगरपालिकाको अधिनमा न पर्ने भनेपछि आफुहरु इलाका प्रहरी कार्यालय दुहवी पुगेर जानकारी गराएकोले अब बाँस तेर्साएर कोशी राजमार्ग अवरुद्ध गर्नुको विकल्प न रहेको बताए ।

सो सडक खण्ड अत्याधिक धुलाम्मे भएपछि दुहवी नगरपालिकाले दमकल लगाएर बेला-बेलामा पानि छर्कने गरेको छ । दुहवी वडा नम्वर ३ को सो सडक खण्डमा ३ नम्वर वडाको वजेटबाट पानि छर्कने दुहवी ३ का वडाध्यक्ष माधव भण्डारीले जनााए ।

यस बिषयमा दुहवी नगर प्रमुख बेदनारायण गच्छदारले सडक डिभिजन कार्यालय बिराटनगरका डि सोमराज न्यौपानेलाइ फोन सम्पर्क गरेर दुहवीको समस्या बताउँदा दशैं अगाडी सुरु भएको दुहवीको काम चाडवाडले गर्दा सुस्त भएपनि दुहवी सडक खण्डको काम अव चाँडै गती लिने जनााए ।

प्रकाशित मिति: Nov 4, 2019

प्रतिक्रिया दिनुहोस्