Logo
१२ आश्विन २०८१, शनिबार
(November 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कालोपत्रे गरेको ४ वर्षपछि सुकेटार विमानस्थल स्तरवृद्धिको काम सुरु

ताप्लेजुङ : ताप्लेजुङ स्थित सुकेटार विमानस्थल स्तरवृद्धिको काम सुरु भएको छ । विमानस्थलमा कालोपत्रे (पिच) गरेको चार वर्षपछि स्तरवृद्धिको काम सुरु भएको हो । विमानस्थल स्तरवृद्धिको कार्य गर्दा अहिले कायम रहेको संरचनामाथि थप धावनमार्ग वृद्धि र स्तरोन्नति, यात्रु प्रतिक्षालय, सुरक्षा जाँचका लागि व्यवस्थित कक्ष निर्माणलगायतका काम हुने भएको छ ।

चालू आर्थिक वर्ष २०७६र७७ का लागि १६ करोड रुपैयाँ बजेट विनियोजन भएको थियो । यो बजेटले विमानस्थलको स्तरवृद्धिसँगै विमानस्थल प्रवेश मार्ग, यात्रु प्रतिक्षालयसहितका थप संरचनाहरु निर्माण गर्न थालिएको हो ।

विनियोजित बजेट कार्यान्वयन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण इन्जिनियरिङ विभागले असार पहिलो साता नै ठेक्काका लागि बोलपत्र आह्वान गरी ठेक्का लगाएको थियो ।

ठेक्का लिएको कप्पनी खड्का कृष्णरबङ्गलामुखी जेभी कन्सट्रक्सनले गएको महिनादेखि नै काम सुरु गरेको छ । यो कम्पनीले आठ करोड ९९ लाख ५० हजार ३४९ रुपैयाँमा ठेक्का पारेको प्राधिकरणका इन्जिनियर पुष्पराज न्यौपाने जानकारी दिए ।

गएको चैत महिनामा नागरिक उड्ययन प्राधिकरणको अनुबन्धमा रियलपाथ इन्जिनियरिङ कन्सलटेन्सीले सर्भेको कार्य गरेको थियो । अहिले विमानस्थलमा भएको धावन मार्गको लम्बाइ ७०० मिटरबाट बढाएर ९०० मिटर बनाउनेगरी सर्भे भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति: Nov 1, 2019

प्रतिक्रिया दिनुहोस्