Logo
१२ आश्विन २०८१, शनिबार
(October 31, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विकल्प कृषि सहकारीको सातौं साधारण सभा : आर्गनिक खेती तर्फ लाग्न जोड

शिव भट्टराई

प्रदेश १ स्थित मोरङको सुन्दरहरैचा वाड न ४ मा रहेको विकल्प कृषि सहकारी संस्थाले आफ्नो सातौं चुनाबी साधारण सभा सप्पन्न गरेको छ।

सुन्दरहरैचा ६ मा रहेको साना किसान कृषि सहकारी संस्था सुन्दरपुरको सभाहलमा मा भएको कार्यक्रम मा सस्थाका अध्यक्ष लीलानाथ दाहालको सभापतित्व रहेको थियो भने कार्यक्रमका प्रमुख अतिथीमा जिल्ला कृषि सहकारी संघ मोरङका अध्यक्ष खगेन्द्र राज भन्डारी रहनु भएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी खगेन्द्र राज भन्डारीले विभिन्न किटनासक औसधिले माटोको उर्भर शक्ति कम हुँदै गइ कृषि मा उत्पादन कम भएर कृषक चिन्तित बन्न लागेको हुनाले कृषिमा तालिम लिएर माटो को उर्भरा शक्ति बडाएर कृषि मा आकर्सित भै आर्गनिक खेती तर्फ लाग्न जोड दिनु भएको थियो।

त्यसैगरी कार्यक्रममा अतिथिहरु साना किसान कृषि सहकारी संस्था सुन्दरपुरका अध्यक्ष रविन्द्र आचार्य,अग्रणी कृषि सहकारी संस्था दुलारीका अध्यक्ष सोभितमान पौडेल लगायत विभिन्न सहकारी संस्थाका प्रतनिधिहरुको उपस्थिति रहेको थियो।

संस्थाले कार्यक्रममा आफ्नो जेष्ठ सेयर सदस्य महिला र पुरुष ,नियमित बचत कर्ता, व्यवसायिक गाई र बाख्रा पालन गर्ने सेयर सदस्यहरुलाई सम्मान गरिएको थियो।

संस्थाले आजै नयाँ कार्य समिती को समेत चयन गरेको थियो।शनिबार चयन भएको कार्य समितीमा अध्यक्षमा टेक बहादुर बुढाथोकी, उपाध्यक्षमा शंकर भट्टराई ,सचिवमा देवराज भट्टराई ,कोशाध्यक्षमा सुष्मा दाहाल यस्तै सदस्यहरुमा देव कुमारी बास्तोला ,पवित्रा वास्कोटा, भुराज घिमिरे,चन्द्र प्रकाश भट्टराई,गोविन्द फुयाल चयन हुनु भएको थियो यस्तै लेखा समितीमा सम्योजक – कुमार घिमिरे र सदस्यमा नवीन बास्तोला र सीता खवतरी चयन हुनु भएको थियो भने कार्यक्रम को सञ्चालन संस्थाका सदस्य कुमार घिमिरेले गर्नु भएको थियो।

प्रकाशित मिति: Oct 27, 2019

प्रतिक्रिया दिनुहोस्