Logo
१२ मंसिर २०८१, बुधबार
(October 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुहबीको एक उद्योगमा करेन्ट लागेर मजदुरको ज्यान गयो

दुहबी/दुहबीको एक उद्योगमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । दुहबी नगरपालिका ३ स्थित पशुपती खाध्य फ्याक्ट्रीमा काम गर्ने सुनसरीको दुहबी नगरपालिका ११ तनमुना बस्ने अंदाजी बर्ष २४ को पवन पासवानको करेन्ट लागेर मृत्यु भएको हो । शुक्रबार दिउँसो फ्याक्ट्रीको टिनको तेल चार पट्टिवाट कभर गर्ने मेसिनमा काम गर्ने क्रममा अचानक बिधुत तार सर्ट भई करेन्ट लागेर उनी गम्भिर घाईते भएका थिए ।
घाईते उनलाई उपचारको लागी बिराट मेडिकल कलेज बिराटनगर पठाएकोमा उपचारको क्रममा साँझ मृत्यु भएको थियो घटनाबारे जानकारी पाएको ईलाका प्रहरी कार्यालय दुहबीको प्रहरी टोलीले घटनाबारे आवश्यक अनुसन्धान कार्य गरिरहेको उक्त कार्यालयले जनाएको छ।

प्रकाशित मिति: Oct 26, 2019

प्रतिक्रिया दिनुहोस्