Logo
१२ मंसिर २०८१, बुधबार
(October 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुहबीको मालहट्टी जाने बाटोको पोल उच्च जोखिममा

दुहवी ४ स्थित मालहट्टी जाने बाटोमा रहेको बिजुलीको पोलहरु ढल्ने अवस्थामा रहँदा पनि सरोकारवालाहरुको ध्यान पुग्न सकेको छैन । छेवैमा रहेको टेङग्रा खोलाले माटो कटान गरेर बिजुलीको पोलहरु ढल्न लाग्दा समेत कसैले ध्यान न दिएको भन्दै स्थानियहरु आक्रोसित भएका छन । स्थानियहरुका अनुसार सो बिषयमा पटक–पटक बिद्युत प्राधिकरण दुहवीलाइ जानकारी गराउँदा समेत वास्ता न गरेको उनिहरु बताउँछन । स्थानिय गोबिन्द लम्सालका अनुसार दुहवी ४ का वडाध्यक्ष राजन बस्नेत र वडा सदस्यहरु लाइ लड्न लागेको पोल र लत्रिएको तारहरु देखाउँदा समेत वास्ता न गरेको भन्दै गुनासो पोखेका छन । दैनिक सयौं आवत जावत गर्ने सो वाटोमा हिडने यात्रुहरु दुर्घटनाको उच्च जोखिममा पर्न सक्ने देखिएको छ । उता दुहवी ४ का वडाध्यक्ष राजन बस्नेतले भने बिद्युत प्राधिकरण दुहवीको हाकीमलाइ जानकारी गराइ सकेको भएपनि के कति कारणले काम न भएको फेरि बुझ्ने जनाए ।

प्रकाशित मिति: Oct 25, 2019

प्रतिक्रिया दिनुहोस्