Logo
११ मंसिर २०८१, मंगलबार
(October 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डीभीको आवेदन फर्म खुल्नासाथै राहदानी बनाउनेको संख्या ह्वात्तै बढ्यो

यस वर्ष डाइभर्सिटी भिसा (डीभी)को आवेदन फर्म खुल्नासाथै राहदानी बनाउनेको संख्या गत वर्षमा भन्दा ५ गुणाले बढेका् छ । बसोबासकै लागि अमेरिका जान पाइने अवसरका रुपमा चिनिएको (डीभी)को आवेदन फर्म खुल्नासाथै उपत्यकाबाहिरका नेपाली सेवाग्राही राहदानी लिन काठमाडौँ ओइरिएका छन् ।

राहदानी विभागले सधैंको भन्दा भmन्डै पाँच गुणा राहदानी आवेदन भर्ने र उत्पादन गर्ने अवस्था आएपछि स्थिति अस्तव्यस्त बनेको छ । गत असोज १५ मा डीभी आवेदन खुलेपछि काठमाडौँ आएर तत्कालै राहदानी ९एमआरपी० झिक्नेको संख्या ह्वात्तै बढेको हो ।

अरु बेला जिल्ला संकलन केन्द्रबाट आउनेसहित दैनिक बढीमा आठ सय एमआरपी आवेदन रहेने गरेकोमा पछिल्ला दिनमा झन्डै ४ हजार जनाले आवेदन भरिरहेका छन् ।

यसमा पनि एक तिहाई जति १५ हजार रुपैयाँ शुल्क तिरेर एकैदिनमा एमआरपी लिन चाहने छन् । कान्तिपुरबाट साभार ।

प्रकाशित मिति: Oct 22, 2019

प्रतिक्रिया दिनुहोस्