Logo
१ मंसिर २०८१, शनिबार
(October 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१० लाख अवैध युरोसहित ५ जना प्रहरी नियन्त्रणमा

काठमाडौं :  रुपन्देहीको सैनामैनाबाट १० लाख अवैध युरोसहित प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी निरीक्षक प्रमोद कुमार खत्री नेतृत्वको टोलीले सैनामैना २ स्थित सरौलीबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सैनामैदान २ की मिना सुनार, रमेश सुनार, गुल्मी धुर्कोटका राजु सुनार, नवलपरासी बर्दघाटका कमल सुनार र स्याङ्जा गल्याङ २ का गणेश सुनार रहेका छन् । सो युरो १२ करोड ८० लाख रुपैयाँ बराबर हुन आउने बताइएको छ ।

उनीहरुबाट अवैध युरोसहित ६ थान मोबाइल, वान मिलियन युरो लेखिएको त्रिभूजाकार र आयातकार धतु समेत बरामद भएको प्रदेश २ का डीआईजी महेश विक्रम शाहले जानकारी दिए ।

बरामद गरिएको रकम राष्ट्र बैंक पठाइनुका साथै यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Oct 21, 2019

प्रतिक्रिया दिनुहोस्