Logo
१ मंसिर २०८१, शनिबार
(October 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

३ दिनका लागि नेपाल-भारत सीमानाका बन्द

बाँके : बाँकेको नेपाल-भारत सीमानाका तीन दिनसम्मका लागि बन्द गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले आज एक विज्ञप्तिमार्पmत आज साँझ ६ः०० बजेदेखि सोमबार साँझ ६ः०० बजेसम्मका लागि सीमानाका बन्द गरिएको सूचना जारी गरेको छ ।

भारत उत्तर प्रदेशको बहराइच जिल्लामा सोमबार हुन लागेको विधान सभाको उपनिर्वाचनका कारण सीमानाका बन्द गरिएको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताए ।

उपनिर्वाचनको मतदान सोमबार साँझ ६ः०० बजे सकिएपछि नाका सुचारु हुन जिल्ला प्रशासन कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति: Oct 20, 2019

प्रतिक्रिया दिनुहोस्