आजदेखि देशैभरका अदालतहरुमा १५ दिन बिदा
काठमाडौँ : बडादसैँ सुरु भएसँगै आइतबारदेखि देशैभरका अदालतहरुको बिदा सुरु भएको छ ।
दसैँको घटस्थपानादेखि कोजागत पूर्णिमासम्म प्रत्येक वर्ष बिदा हुँदै आएकोमा यस वर्ष पनि सबै तहका अदालत तथा न्यायाधीकरणहरुमा बिदा दिइएको सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए ।
अदालतको नियमित काम कारबाही बन्द हुने भए पनि सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण र जिल्ला अदालतहरुबाट पक्राउ पुर्जी जारी गर्ने काम भने यथावत नै रहनेछ ।
अरु सरकारी कार्यालयहरुको बिदा जनआन्दोलनपछि कटौती भए पनि सर्वोच्च अदालतमा भने यथावत नै छ । अदालतहरु जनतासँग प्रत्यक्ष रुपमा जोडिने र उनीहरुको उपस्थितिमा मुद्दाको सुनुवाई, पेशी, तारिख तोक्न नसकिने हुँदा न्यायालयमा बिदा दिइएको सर्वोच्च अदालतले जनाएको छ ।
अदालतहरु कोजागत पूर्णिमाको भोलिपल्ट असोज २६ गते खुल्नेछन् ।