पूर्वराष्ट्रपति रामवरण यादवको उपचार खर्च सरकारले व्यहोर्ने
काठमाडौं : पूर्वराष्ट्रपति रामवरण यादवको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।
असोज ७ गते बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।
‘पूर्वराष्ट्रपति रामवरण यादवको भारतमा उपचारमा गर्दा लागेको खर्च बिलअनुसार नयाँदिल्लीस्थित नेपाली दूतावासबाट दिने निर्णय भएको छ’ उनले भने ।