Logo
२३ भाद्र २०८१, आईतबार
(September 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फुत्केको राँगोलाई प्रहरीले न्युरोडमा गोली हानेर मार्यो

सांकेतिक तस्विर

राजधानी काठमाडौँ स्थित न्युरोडमा प्रहरीले एक राँगोलाई गोली हानेर मारेको छ । मःमका लागि ल्याइएको राँगोले फुत्केर उपद्रो मच्याएपछि गोली हानेर मारिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मंगलबार बिहान चार बजे काठमाडौँको स्वयम्भू क्षेत्रबाट फुत्केको राँगोले तीनजनालाई घाइते बनाएको छ ।

बिहान साढे ६ बजेतिर न्युरोड पुगेको राँगोलाई प्रहरीले गोली हानेको थियो। राँगो धनी सम्पर्कमा नआएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति: Sep 24, 2019

प्रतिक्रिया दिनुहोस्