Logo
३० कार्तिक २०८१, शुक्रबार
(September 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विप्लव समूहका नेता बिष्ट पेस्तोलसहित पक्राउ

भोजपुर :  प्रतिबन्धित नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका भोजपुर जिल्ला सेक्रेटरी हतियारसहित पक्राउ परेका छन् । विप्लव नेकपाका भोजपुर जिल्ला सेक्रेटरी ४३ वर्षीय बमबहादुर विष्ट हतियारसहित पक्राउ परेका हुन् ।

विष्टलाई भोजपुर नगरपालिका- १० गजुरमुंखी भिर नजिकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका विष्टबाट १ थान हेण्ड ग्रिनेट (बम), २ थान अटोमेटिक पेस्तोल, २ थान पेस्तोलेको म्यागेजिन र १० राउण्ड गोली बरामद भएको छ । उनको साथबाट २ वटा मोबाइल, १२ थान सिम कार्ड र नगद ५ हजार ९ सय ७० रुपैयाँ पनि फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख डिएसपी नर बहादुर सलामी मगरले जानकारी दिए ।

प्रकाशित मिति: Sep 23, 2019

प्रतिक्रिया दिनुहोस्