Logo
३० कार्तिक २०८१, शुक्रबार
(September 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मध्यपहाडी लोकमार्गमा सुख्खा पहिरो : बाटो नापजाँच गरिरहेको बेला सबओभरसियरको मृत्यु

पोखरा : मध्यपहाडी लोकमार्ग आयोजनामा गएको पहिरोले पुरिएर एक सबओभरसियरको मृत्यु भएको छ ।

मध्यपहाडी लोकमार्ग विस्तारको क्रममा पर्वत खण्ड अन्तर्गत कुश्मा नगरपालिका ७ खरेयामा सुख्खा पहिरो जाँदा मोरङको बेलबारी नगरपालिका-२ का २७ वर्षिय कमल राईको मृत्यु भएको हो ।

बिहान १० बजे बाटो नापजाँच गरिरहेको बेला माथिबाट ढिस्को सहित आएको पहिरोले राईलाई पुरेको प्रहरीले जनाएको छ । राई मध्यपहाडी लोकमार्ग आयोजनाका सबओभरसियर हुन् ।

प्रकाशित मिति: Sep 23, 2019

प्रतिक्रिया दिनुहोस्